Monday, April 25, 2022

मनका कुरा

 बिद्यालयहरुमा भर्ना अभियान चलिरहेको छ । सबै भन्दा मुख्य कुरा बिद्यालय जाने उमेर समुहका सबै नानीबाबुहरु बिद्यालय पुगेर पढ्न पाउनुपर्यो । बाँकी कुराहरु सामान्य हुँदा हुँदै पनि केहि बिशुद्ध निजी बिचारहरु मनमा आइरहन्छन् । केहि कुराहरु लेख्न मन लाग्यो र लेख्नु भनेको मन हलुका पार्नु पनि हो । 

कुरा नं १) हामी परिवर्तनशील छौँ तसर्थ एउटै कुरा सबैलाई र सँधैलाई मन पर्छ भन्ने छैन त्यसैले आ–आफ्नो विचार, क्षमता र स्वार्थ अनुसार नानीबाबुहरुको बिद्यालय परिवर्तन गर्न सकियो । तर भोलिपल्टबाट बिद्यालय तर्फ फर्केर हेर्न पनि अप्ठेरो लाग्ने किसिमले बिद्यालय परिवर्तन नगरौँ । केहि बर्ष बिताएको बिद्यालय नानीबाबुहरुको ईतिहास हो । पहिलो पटक कलम समाएको, पहिलो पटक मादल देखेको, पहिलो साथी, पहिलो गुरुआमा, पहिलो पटक क ख र ए बी सी लेख्न सिकेको, पहिलो पटक स्याउ बनाउन सिकेको, गुरुआमाले हात समाएर पहिलो पटक लेख्न सिकाएको, पहिलो पटक बदमासी गरेको, पहिलो पटक साथीको हात समाएको, पहिलो पटक मिलेर खेल्न सिकेको यस्ता धेरै क्षणहरु हुन्छन् नानीबाबुहरुको बिद्यालयसँग । तसर्थ कम्तिमा बेलाबेलामा आफ्ना नानीबाबुहरुलाई आफूले पढेको पूरानो बिद्यालय देखाउन, घुमाउन र गुरुगुरुआमालाई भेटाउन सकिने गरेर मात्र बिद्यालय परिवर्तन गर्न अनुरोध । 

ईतिहास त भोली हामी अभिभावकहरु पनि हुन्छौँ नै । हामीले सिकाएको संस्कार हाम्रा बालबालिकामा रहन्छ र ईतिहास बिर्सन र भुल्न सिकाउँदा भविष्यमा कतै बिर्सने र भुल्ने लिष्टमा हामी पनि पर्छँौ कि ? 

कुरा नं २) एउटा किसानले बाली लगाएपछि पुरै सिजन भरी मलजल, गोडमेल सहित बोट बिरुवाको स्याहार गर्छ । कतिपय बेलामा सोचेजस्तो उत्पादन नहुन पनि सक्छ । तै पनि त्यो किसानसँग अनुभव रहन्छ : कति पानी हालेको थियो ? कति पटक गोडमेल गरेको थियो ? कुन बिउ प्रयोग भएको थियो ? कुन मल हालेको थियो ? सम्भावित समस्या के हुन सक्छ ? त्यसैले अर्कोपटक त्यो बाली पहिलेको भन्दा फरक तरिकाले काम गर्छ । नानीबाबुहरुको हकमा पनि धेरै अवस्थामा त्यस्तै हुन्छ शिक्षहरुलाई । बर्षौँ लगाएर सबै कमजोरीहरु जानी, बुझि सकिएपछि सुधार गर्ने बेलामा नानीबाबुहरु नै हुँदैनन् । नानीबाबुहरु रुपी बाली अर्को किसानको गइसक्नुभएको हुन्छ । फेरि माथिको प्रक्रिया शुरु हुन्छ अर्थात केहि बर्ष नानीबाबुहरुलाई जान्न र बुझ्न नै लाग्छ ।   

कुरा नं ३) सबै नानीबाबुहरुले आ–आफ्नो विशेषता र क्षमता लिएर आएका ुहन्छन् । त्यसैले अर्को नानीबाबुहरुसँग तुलना गर्ने काम नगरौँ ।     

कुरा नं ४) गएको दुई शैक्षिक सत्र हजुरको वा मेरो नानीबाबुहरु मात्र हैन सबै अभिभावकहरुको नानीबाबुहरुको पठनपाठन प्रभावित भएको छ, बिद्यालयको नियमीत तालिकाहरु अवरुद्ध भएका छन् । स्वभाविक रुपमा नै आफ्नै मात्र समस्या देखिने भएकोले हाम्रैमात्र समस्या होला भन्ने लाग्न सक्छ । 


Friday, June 5, 2020

निबन्ध - अनुशासन


        अनुशासन शब्द शासन शब्दका अघिल्तिर अनु उपसर्ग लागेर बनेको शब्द हो ।  अनुशासन भनेको नियम पालन हो । अनुशासन शब्दले सामाजिक, नैतिक, धार्मिक, राजनैतिक आदि नियम नियमावलीको मर्यादा र सो मर्यादाभित्र रहने काम भन्ने बुझाउँछ । अनुशासनले आदर्श आचरण र त्यसको पालना गर्ने काम भन्ने अर्थ पनि राख्दछ । साँच्चै भन्ने हो भन्ने अनुशासन मानवजातिको सर्वोत्तम गुण हो । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् । 
 
अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियमको पालना गरेको हुन्छ । पृथ्वीले एउटा निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ  र यसैको आधारमा दिन र रातको प्रक्रिया चालु भईरहन्छ । बिशाल समुद्र पनि आफ्नो निश्चित सिमामा अडिएको हुन्छ । गर्मी र जाडो मौसम पनि नियमानुसार नै बदलिन्छन् । त्यस्तै हावा, बादल, पहाड, आगो रुख आदि सबै आ–आफ्नो नियमा अनुसार चलेका हुन्छन् । प्रकृतिको यस प्रकारको अनुशासनको आडमा मानवजीवन पनि अडिएको छ ।  
  अनुशासन मानिसको लागि अत्यन्तै आवश्यक छ । अनुशासन पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । यस्तो व्यक्ति सबैको नजरमा असल ठहरिन्छ । बिद्यार्थी जिवनमा त झन अनुशासनको ठूलो महत्व रहेको छ, अनुशासन पालना नगर्ने बिद्यार्थीले केहि पनि सिक्न र जान्न सक्दैन । अनुशासनको क्षेत्र धेरै फराकिलो छ । घरपरिवार, बिद्यालय देखि दिएर समाज, देश सबै ठाउँमा अनुशासन चाहिन्छ । परिवारका सदस्य, समाजका सदस्य र साथीभाईहरुलाई लगायत सबैलाई आदर र माया गर्ने, भेदभाव नगर्ने, एक अर्काको कदर गर्ने, दुःख परेको बेलामा एकअर्कालाई सहयोग गर्ने जस्ता कुराहरु अनुशासनकै घेराभित्र पर्दछन् । बिद्यार्थी, सैनिक र सुरक्षाकर्मीहरुको लागि त अनुशासनको झनै ठूलो महत्व छ । 
   

Sunday, April 26, 2020

Thursday, April 23, 2020

सुन्ने कथाहरु

Click link: 
https://pustakalaya.org/audios/detail/bd238f72-db83-4301-bca9-babc4c5dc0bd/

आहा कति रमाईला र राम्रा सुन्ने कथाहरु 

आमाको मुख हेर्ने दिन बिशेष

Hey, आमाको मुख हेर्ने दिनको शुभकामना
You can make a beautiful card for your mother. Let's try for one.

Wednesday, April 22, 2020

अभिभावकको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाई क्रियाकलापहरु

नेपाल सरकारको शिक्षा मन्त्रालयले अभिभावकहरुलाई आफ्ना बालबालिकालाई घरमै गराउन सकिने क्रियाकलापहरुको बारेमा बिद्युतीय किताब प्रकाशन गरेको छ । हाललाई प्रीप्राइमरी तथा कक्षा १ का बच्चाहरुको लागि तयार गरेको पुस्तक यहाँबाट डाउनलोड गर्न सकिनेछ ।

प्रीप्राइमरीका नानीबाबुहरुको लागि
 https://drive.google.com/file/d/1rwbNvW224C8Z7mhj07IwL_PyS2hTE-vy/view


कक्षा १ देखि ३ कक्षा सम्मको लागि
https://drive.google.com/file/d//view1u23gygfyfRsZwEwnWJXLYxNYwQVOvpeY



                                                                                                                        धन्यवाद