नाम : एलिसा शाही
कक्षा : ३
यती बेला बिश्व स्वास्थ्यमा नोवेल कोरोना भाइरसले जनमानसमा त्रास उत्पन्न गराएको छ । यो भाइरसको संक्रमण हाल सम्म चिन हुँदै नेपाल, दक्षिण कोरिया, जापान, भियतनाम, थाइल्याण्ड हुँदै सिङ्गापुर हुँदै संयुक्त राज्य अमेरिका सम्म देखा परेको छ । यो भाइरस जनावरबाट मानिसमा सरेको भन्ने छ । यो भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने स्पष्ट प्रमाण नरहेको बताए पनि बिश्व स्वास्थ्य संगठनले भने यस भाइरसले हाल एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सरिरहेको बताएको छ । तर हाल सम्म यो चिन बाहिर एक ब्यक्तीबाट अर्को ब्यक्तीमा यो भाइरस सरेको देखिएको छैन । नोवेल कोरोना भाइरस हालै पत्ता लागेको नयाँ भाइरस हो । जुन सबै भन्दा पहिले चिनको हुवेइ प्रान्तको वुहान सहरको समुन्द्री खाद्य बजारमा देखिएको थियो ।
यसको औषधीको खोजी भइरहेको छ । तर पत्ता लाग्न सकेको छैन त्यही भएर मानिसहरु मर्ने क्रम जारी नै छ । तर चाँडै पत्ता लाग्छ भन्ने आश्वासन दिइरहेको छ । छिटो भन्दा छिटो उपचार पत्ता लागोस भन्ने आशामा छौँ ।
धन्यवाद
No comments:
Post a Comment