प्रस्तुत कविता कक्षा दुईका साना नानीबाबुहरुलाई कविता लेखन सिकाउने बेलामा तयार भएको हो ।
रुखमा बसेर
काग करायो ।
का–का सुनेर
भाई डरायो ।
भाई रोएको सुनेर
बिरालो डरायो ।
बिरालोलाई देखेर
मुसा हरायो ।
छेउमा बसेर
कुकुर करायो ।
कुकुर कराएको सुनेर
भाई रमायो ।
No comments:
Post a Comment