Saturday, December 3, 2016

भुत

                                             -रचनाकार (राजु दाहाल)
हिजो हाम्रो घरमा बत्ती जाने पालो थ्यो ।
 जता फर्कि हेरेनी अँधेरो र कालो थ्यो ।। 

मैन बत्ती किन्न भनी पसल जान लाग्या थेँ ।
सबै कालो देखेर छिटो छिटो भाग्या थेँ ।।

पसलबाट मैन बत्ती किनेर म फर्किएँ ।
सेतो भुत बरण्डामा देखेर म तर्सिएँ ।।


बिना टाउको हात हल्लाई नाचीराख्या देखेर ।
चिच्याउन पो लागेँ म त हात खुट्टा फेकेँर ।।

हल्ला खल्ला सबै तिर त्यती खेरै भएछ ।
बत्ती पनि झुलुक्क उत्ती खेरै आएछ ।।

सबै जना मिलेर के भो सोध्न थाल्नु भो ।
हत्त पत्त आमाले अँगालोमा हाल्नु भो ।।

कुरा सुनी सबै जना भुत खोज्न लागेको ।
देखेर भुत बरण्डामा डर मेरो भागेको ।।

हजुरबाको सेतो कुर्ता सुकाको पो रहेछ ।
त्यही कुर्ता हावाले गर्दा नाचे जस्तो भएछ ।।

भुतलाई देखेर सबै हाँस्न थाल्नु भो ।
धत् सेतो कुर्ताले कति बिघ्न लाजै भो ।। 

समाप्त 

No comments:

Post a Comment